१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजा अर्चना गर्ने वातावरण मिलाउनुपर्छ’  

अ+ अ-

बारा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धार्मिक, सांस्कृति एवं पुरातात्त्विक महत्त्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताएका छन् ।

आज सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले भारतको अयोध्यामा दिनहुँ अढाई लाखसम्म दर्शनार्थीहरू रामलालको दर्शन गर्ने गरेको प्रसंग उल्लेख गर्दै  गढीमाईमा पनि तिनै तहको सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेशका धार्मिक स्थलको अनिवार्य दर्शन गर्ने गरी माहोल मिलाउन लाग्नुपर्ने धारणा राखे । “मधेश प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ ।

जनकपुरधामस्थित माता सीताको पुण्य भूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुपर्‍यो”, मन्त्री लेखीले भने ।

मेलामा शान्ति सुरक्षाको भरपुर व्यवस्था मिलाउन, जोखिम क्षेत्रको पहिचान गरेर त्यसैअनुसार सतर्कता अपनाउन, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका लागि कटिबद्ध भएर लाग्न उनले सुरक्षा प्रमुखहरूलाई आग्रह गरे । गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेलाको तयारीका बारेमा जानकारी दिँदै भरपुर सुरक्षाको माग गरेका थिए ।

बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिल्सिना र मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि अर्चायलगायत बारा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस