२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा छ : वन मन्त्री शाही

अ+ अ-

कैलाली । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउन र ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गरे । 

मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए”, उनले भने, “ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्थापित भएका मानिसलाई पुनः स्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।”

वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गरे । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उनले बताए । 

मन्त्री शाहीले भने, “जहाँजहाँ हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र छन्, ती सबै पर्यटनका अत्यन्तै आकर्षण केन्द्र हुन् । पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधार र पर्यटकलाई बस्न तथा अन्य विभिन्न सुविधा नहुँदा बढी पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । मन्त्रालयले योजनाबद्ध रूपमा समस्या समाधान गर्दै राष्ट्रिय निकुञ्जसँग पर्यटनलाई जोड्ने प्रयास गरिरहेका छौँ ।” बाजुराको बडिमालिलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस