काठमाडौँ । मकवानपुरमा साबेल प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । मनहरी गाउँपालिका-६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतेका मनहरी गाउँपालिका-६ का ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।
उनीहरू दुवै जना सँगै मजदुरी काम गर्दै आएका थिए ।
साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचार गर्ने क्रममा बिहीबार बिहान उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।
लोप्चनलाई प्रहरीले साबेलसहित नियन्त्रणमा लिएको छ। उनले सुतिरहेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।