Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएकोबारे माओवादीले जनायो आपत्ति 


१२ मंसिर २०८१, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ । पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएको हो । 

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्धा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए। वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए ।

 उनले उपनिर्वाचनपछि सरकारविरुद्ध कडा ढंगले खबरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालीका सम्मेलन र खबरदारी सभा सबै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए।

त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रूप दिएको छ । यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस