काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद ९आईपीटीपी० को एघारौँ पूर्ण सत्रमा सहभागी हुन सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलसहित घिमिरे बिहीबार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।