२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनवलमा पशु सेवा केन्द्र सञ्चालन

अ+ अ-

पाल्हीनन्दन । नवलपरासीको सुनवल-२ मा रु डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ ।

आज आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गरिन्। उनले सेवा केन्द्र सञ्चालनमा ढिलाइ भए पनि अब सेवा प्रवाहमा कुनै कमी आउन नदिने गरी काम हुने बताइन् । 

पशु सेवा केन्द्रमा आउने गाई, भैँसी, बाख्रालगायत जनावरलाई पशुविज्ञ डाक्टरद्वारा निःशुल्क औषधोपचार गर्ने बताइन् ।

पशु सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गाई भैँसी, बाख्रालगायत चौपायाको उपचारमा सहज हुने र पशुविज्ञ चिकित्सकद्वारा निःशुल्क औषधोपचार हुने जनाइएको छ ।

संघीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको केन्द्र सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसान निकै लाभान्वित हुने अपेक्षा गरिएको सुनवल–२ का वडाध्यक्ष राजेन्द्र यादवको भनाइ छ । यहाँ विसं २०७८ मा पशु सेवा केन्द्र भवन निर्माण सुरु भएको थियो । 

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले भवन निर्माण गरेको हो । पशु सेवा केन्द्रको काम सम्पन्न गरेर २०७९ सालमा सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

सेवा केन्द्र सञ्चालनमा आएसँगै पशुको उपचारमा सहज हुने आशा जागेको स्थानीय हीरालाल यादवले बताए । पशु चौपाया बिरामी हुँदा अब समयमै उपचार पाउनेमा आफूहरू विश्वस्त भएको स्थानीय जितबहादुर पौडेलले आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस