काठमाडौँ। सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका डा. आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
त्यसैगरी, सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ। उनीहरूको नाम कात्तिक २९ गते सिफारिस गरिएको थियो।