२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशन

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । 

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रूपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । 

निर्देशनकै क्रममा मन्त्री यादवले भने, “प्रत्येक वडाहरूमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।”

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिनुभएको छ । उनले भने, “खानेपानीका विषयमा कहाँ समस्या भइरहेका छन्, सो ठाउँमा तत्काल प्राविधिकसहितको टोली खटाएर पानी सञ्चालन गर्न म निर्देशन दिन्छु ।”

मेलम्ची खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण मन्त्री यादवले निर्देशन दिए । नागरिकका लागि पानी नभई नहुने तथा अति आवश्यक पर्ने चिज भएकाले सकभर दैनिक, नभएका खण्डमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएलं)का प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

उनले भने, “मेलम्चीको पानी सकिन्छ भने प्रत्येक दिन वितरण गर्न र नसकिने भए एक दिन बिराएर वितरण गर्न मन्त्रीले निर्देशन दिनुभएको छ, अब कसरी सहज हुन्छ सोही हिसाबले हामी पानी वितरण गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस