१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयले भन्यो-नेपाली र विदेशी विश्वविद्यालयको कार्यक्रम एक वर्षभित्र अलग गर्नू 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई एक वर्षभित्र अलग गर्न कलेजहरूलाई निर्देशन दिएको छ ।

विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूले नेपाली विश्वविद्यालयको कार्यक्रमहरू पनि एउटै भवन परिसरबाट दिँदै आएका छन् ।

शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्यालले बुधबार ती कलेजहरूलाई पत्र लेखी एक वर्षभित्र अलग अलग ठाउँबाट कार्यक्रम सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

‘एउटै भवन परिसरमा एक भन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरूले एक वर्षभित्र अनिवार्य रूपमा अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्ने’, मन्त्रालयले दिएको निर्देशनमा भनिएको छ ।

त्यस्तै विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाले छुट्टाछुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गर्नुपर्ने र निजहरूको सम्पर्क नम्बरसहितको नाम मन्त्रालयमा दिन पनि भनिएको छ ।

मन्त्रालयले ती कलेजलाई वार्षिक शैक्षिक क्यालेण्डर र त्यसको कार्यान्वयन, कलेजमा हाल सञ्चालित कार्यक्रम, अध्ययनरत विद्यार्थी संख्या, शिक्षकहरू, भौतिक पूर्वाधार, कलेजका असल अभ्यास र भावी योजना समेटिएको प्रतिवेदन पनि माघभित्र बुझाउन भनेको छ । त्यस्तै तीन वर्षभित्र गुणस्तर सुनिश्चितता (क्यूएए) लिन निर्देशन दिएको छ ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर उपत्यकामा ४४ र उपत्यका बाहिर १५ गरी ५९ वटा कलेज सञ्चालनमा छन् भने २८ हजार ७३ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस