२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहर मैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ । 

यसका लागि कामपाले उत्पादकलाई बढी जिम्मेवार बनाउने तयारी गरेको कामपा वातावरण विभागका प्रमुख सरीता राईले जानकारी दिए । प्रमुख राईका अनुसार फोहर मैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।  

हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गर्ने तयारी कामपाले गरेको हो ।  

प्रमुख राईने भने, “एक स्थानमा उत्पादन भएको फोहर अर्को स्थानमा थुपारेर व्यवस्थापन हुँदैन । यसको सही व्यवस्थापनका लागि स्रोतमै वर्गीकरण गरी मात्रा घटाउनुपर्छ ।”  

यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी संघसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापन सेवा प्रदायकमार्फत कामपाले गर्ने तयारी गरेको छ ।  

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिकटन फोहर निस्कने गर्छ । साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस