१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० प्रतिशतले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । वैदेशिक लगानीको प्रतिबद्धता १० प्रतिशतले बढेको छ। उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु वर्षमा बढेको हो।

गत वर्ष साउन, भदौ, असोज र कात्तिक महिना गरी १५ अर्ब ४२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष सोही अवधिमा १७ अर्ब तीन करोड रुपैयाँको प्रतिबद्धता आएको छ।

समग्र चार महिनामा प्रतिबद्धता बढे पनि कात्तिकमा भने घटेको छ। गत वर्ष कात्तिक महिनामा मात्रै तीन अर्ब ३० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष भने दुई अर्ब रुपैयाँको आएको छ।

कात्तिक महिनामा ३३ वटा साना लगानीका र एउटा मध्यम लगानीको उद्योगको लागि लगानी स्वीकृत दिइएको छ।

चार महिनाको अवधिमा भने १२८ साना, एउटा मध्यम र दुई वटा ठुला उद्योगको लागि वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ।

अटोमेटिक रूटबाट (मानिसको उपस्थिति बिना) एक अर्ब एक करोड रुपैयाँ बराबरको लगानीको लागि स्वीकृत दिइएको छ।

जसमध्ये दुई वटा उत्पादनमूलक उद्योगको लागि सात करोड ५० लाख रुपैयाँ, नौ वटा पर्यटनमूलक उद्योगको लागि ३२ करोड रुपैयाँ, पाँच वटा सेवामूलक उद्योगको लागि २८ करोड रुपैयाँ, दुई वटा सूचनामूलक उद्योगको लागि चार करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ।

त्यस्तै ५५ वटा सूचनामूलक उद्योगको लागि २९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता अटोमेटिक रूटबाट गरिएको उद्योग विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस