काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रुपैयाँ कर बुझाएको छ।
कर विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले कर तिरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रुपैयाँ एकमुस्ट बुझाएको हो।