१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री अधिकारीले भने-गलत कामको ढाकछोप गर्न रास्वपा कार्यकर्ताको प्रदर्शन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानमा लैजाने क्रममा समर्थक र कार्यकर्ताले गरेको प्रदर्शनलाई गलत कामको ढाकछोप भएको टिप्पणी गरेका छन् ।

उनले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताए ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘गलत कामलाई ढाकछोप गर्न शक्ति प्रदर्शन गरेको अनुभूति भएको छ ।’ काठमाडौँ, पोखरा, भैरहवामा समर्थकले गरेको प्रदर्शनप्रति लक्षित गर्दै मन्त्री अधिकारीले गलत कामलाई ढाकछोप गर्न अनावश्यक शक्ति प्रदर्शन गरेको अनुभूति आफूलाई भएको बताए ।

सरकारले विधिभित्र रहेर अनुसन्धान गर्न सबैलाई पाउने भन्दै मन्त्री अधिकारीले यसअघि ठूला दलका नेता समातिँदा कुनै जुलुस, प्रदर्शन नभएको उल्लेख गरे । सहकारीबाट लिएको, चेक काटेको लगायत प्रमाण हुँदा पनि फसाइएको भन्दै हिँड्नु गलत भएको उनको भनाइ छ । ‘आफू हुँदा कारबाही गर्छु भन्दै हिँड्ने अनि आफू छँदा सबै ठिक, नहुँदा सबै बेठीक प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यसको अन्त्य हुनु जरुरी छ ।’

मन्त्री अधिकारीले गलत गर्ने जोकोहीलाई सरकारले अनुसन्धान गर्ने र गलत भएको रहेछ भने कारबाही गर्ने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस