खोटाङ । लोक सेवा आयोगको खोटाङ कार्यालयले नेपाल वन सेवा, ने. पा. एण्ड वा. ला. समूह अन्तर्गत श्रेणीविहीन गेम स्काउट पदका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
आयोगको खोटाङ कार्यालय, दिक्तेलको वि.नं. ११०१४९११०१७र/०७९–८० (खुला तथा समावेशी), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी विहीन, गेम स्काउट पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यता क्रम प्रकाशन गरिएको छ ।
आयोगले सोमबार जारी गरेको सूचना अनुसार स्काउट पदको माग संख्या १० (दस) रहेकोमा अन्तर्वार्तामा सहभागी १५ (पन्ध्र) जना उम्मेदवारहरूको शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, तथा अन्तर्वार्ताको औसत अंकको आधारमा स्थायी नियुक्तिका लागि योग्यता क्रम निर्धारण गरी सिफारिस गरेको हो।
गत मिति २०८१/०६/०६ र २०८१/०७/२६ मा संचालन गरिएको अन्तर्वार्तामा उत्तीर्ण भई योग्यता क्रममा परेका उम्मेदवारहरूलाई स्थायी नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची: