काठमाडौँ । मौसमका कारण भैरहवामा हवाई ‘भिजिबिलिटी’ कम भएपछि पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली पोखरामा नै रोकिएको छ। बिहानदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल बनेका कारण टोली अड्किएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण भैरहवामा हाल उडान र अवतरण कार्य स्थगित गरिएको छ। यसले गर्दा उडानको तयारीमा रहेका यात्रुहरूलाई विमानबाट झार्नुपरेको बताइएको छ ।
हाल काठमाडौँ–पोखरा र पोखरा–काठमाडौँ उडान सामान्य भए पनि भैरहवाका लागि उडान अझै अवरुद्ध छ ।