२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनः स्थापनाका लागि कार्य टोली बनाएर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिएका छन् । 

मन्त्रालयमा आज आयोजित कबम खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पदाधिकारीसँगको छलफलमा उनले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । मन्त्री यादवले भने, “जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदै छ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”

उनले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अंगका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताए । 

छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गरेका थिए । उक्त अध्ययन सामग्रीअनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् । यहाँ भएकामध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधारविज्ञ ढकालको भनाइ थियो । 

सोही संस्थाका अनुगमन, मूल्यांकन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा संवर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताए । उनले सुकेका मूलको नक्सांकन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राखे । 

छलफलमा मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मिना श्रेष्ठ, मेलम्ची खानेपानी व्यवस्थापन समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस