२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ६२ अंकले बढ्दा करिब १० अर्बको कारोबार

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब रु. १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अंकमा कायम भएको हो ।

तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा रु. नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । 

बैंकिङ एक दशमलव ६२, विकास बैंक दुई दशमलव ७१, वित्त दुई दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव ९६ र लगानी समूह दुई दशमलव ५६ प्रतिशतले बढेको छ । जीवन बिमा दुई दशमलव १६, उत्पादन तथा प्रशोधन दुई दशमलव ३२, लघुवित्त एक दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा एक दशमलव ९५, व्यापार एक दशमलव १५ र अन्य समूह दुई दशमलव ५२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य छ दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु. ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस