२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु वित्तमा पहुँच पुर्‍याउन संस्थागत क्षमता वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

अ+ अ-

काठमाडौँ । जलवायु वित्तमा पहुँच बिस्तारका लागि सरकारी संयन्त्र सँगै सामाजिक संघ संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

विशेष गरेर जलवायुजन्य कार्यलाई तल्लो तहसम्म पुर्‍याउने काममा सामाजिक संघ संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले बाह्य तयारीसँगै आन्तरिक रूपमा देश भित्रैका संयन्त्रहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उनीहरूको तर्क छ ।

जलवायु वित्तको प्राप्ति र प्रभावकारी परिचालनबारे यस क्षेत्रमा काम गर्ने संस्थाहरूलाई जानकारी गराउनुको साथै प्रविधिको विकासमा पनि ध्यान दिनु जरुरी देखिन्छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिका पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप-२९ को पूर्वसन्ध्यामा प्रकृति रिसोर्सेस सेन्टरले काठमाडौंमा यस क्षेत्रमा कार्यरत संघ-संस्थाहरुलाई जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी गरेको छ ।

विशेष गरेर जलवायु वित्तमा पहुँच बिस्तार गरी त्यसको सही र प्रभावकारी परिचालनमा क्षमता वृद्धि गर्ने उद्देश्य साथ गोष्ठी आयोजना गरिएको सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले जानकारी दिए ।

उनले कोप-२९ मा विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई दिँदै आएको रकम वृद्धिको साथै ऋण भन्दा अनुदानलाई प्राथमिकता दिने विषयलाई संघ-संस्थाले दबाब सृजना गर्न सक्ने बताए । धेरै कार्बन उत्सर्जन गर्ने देशहरूलाई कार्बन उत्सर्जन घटाउने सवालमा पनि आवश्यक दबाब दिने काम संघ-संस्थाहरुबाट हुने उनले बताए ।

विगतका सम्झौताहरूको कार्यान्वयन पनि फितलो रहेकाले प्रभावकारी कार्यान्वयनका लागि संघ संस्थाले खबरदारी गर्न आवश्यक रहेको उनले बताए । गोष्ठीमा नेपालसहित नेदरल्याण्ड, मंगोलिया, फिलिपिन्स, इण्डोनेसिया, भारत, थाइल्याण्डका जलवायु क्षेत्रमा कार्यरत संघ-संस्थाका प्रतिनिधि सहभागी थिए ।