२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

अ+ अ-

काठमाडौँ । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई अनुबन्ध गरेको छ ।

एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् । अब उनले मंसिर मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएल जनकपुर टिमबाट खेल्नेछन् ।

एनपीएलका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । यस्तै अमेरिका नै बेस बनाएर क्रिकेट खेलिरहेका अमेरिकन जोशुआ ट्रम्प र पाकिस्तानका मोहम्मद मोहसिनलाई पनि जनकपुरले विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।

मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताए ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस