२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसी भैलोबाट ३२ लाख संकलन

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु. ३२ लाख ४४ हजार संकलन भएको छ । तीन दिनको अवधिमा सो रकम संकलन भएको हो । 

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु. २९ हजारदेखि अधिकतम रु. १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका-७ बिमको  तल्लोगाउँ टोलबाट  रु. १३ लाख सहयोग प्राप्त भएको छ । त्यसैगरी बिमबाङ टोलबाट रु. ११ लाख, डाँडागाउँ टोलबाट रु. पाँच लाख, ढुनोट टोलबाट रु. एक लाख ७७ हजार, नौमाने टोलबाट रु. ४३ हजार, अर्कला टोलबाट रु. ३० हजार र इल्पु टोलबाट रु. दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम  समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने भेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।