२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमंग ल्याउन प्रेरणा मिलोस् : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाल संवतको नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिएका छन् । 

“नेपाल संवत् (नेवाः संवत्) नेपालको प्रमुख परम्परागत संवत् हो, जसले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गरेको छ, यो संवत् मूलतः नेवार समुदायको आर्थिक स्वतन्त्रता र उनीहरूको समाज सुधारको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपाल संवत् विशेषतः नेवार समुदायमा लोकप्रिय छ, यसको आधारमा विभिन्न सांस्कृतिक पर्वहरू, जात्रा, र रीतिरिवाज मनाइन्छन्, नेपाल संवत् नेपालको मौलिकता र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।”

विसं २०६५ मा राष्ट्रिय मान्यता पाएको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी भएको र हरेक मौलिक परम्परा तथा संस्कृतिको जर्गेना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व सन्देशमा उल्लेख गरिएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं (३७ ९इ सं ८८०)मा गरिब जनताको ऋण मोचन गरी सुरु गरेको नेपाल संवत्लाई नेपालको मौलिक संवतको रूपमा लिइन्छ । नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस