२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा राति नौ बजेपछि देउसी खेल्न रोक 

अ+ अ-

काठमाडौँ । दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पुर्‍याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू राति नौ बजेभित्र शान्तिपूर्वक रूपमा मात्रै सञ्चालन गर्न भनिएको छ।

चाडपर्वहरू मनाउने क्रममा कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय देखिने कार्य नगरी स्वतन्त्र र खुसीयाली पूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न प्रशासनले अनुरोध गरेको छ।

चाडबाडको बहानामा जुवा तास खेल्ने खेलाउने काम नगर्न, आतिसबाजी, भुईचम्पा, पटका जस्ता विस्फोटक पदार्थ प्रयोग तथा ओसारपसार नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झैँ-झगडा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। त्यस्तो गरे वा गराएको पाइएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई खबर गर्न भनिएको छ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा जारी सूचनामा भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गा रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्यपदार्थहरूको विक्री वितरण र उपभोग नगर्न र नगराउनुहुन पनि अनुरोध गरिएको छ।

प्रशासनले प्रतिबन्ध लगाएका कुराहरूमा अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप भए गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस