२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन

अ+ अ-

काठमाडौँ । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए । आन्द्रा बन्द भएको कारण शुक्रबार उनको निधन भएको एडीटीभीले उल्लेख गरेको छ ।

उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।

बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरू दुवैमा दख्खल राख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । आयोगमा रहँदा उनले भारतीय रेलवेलाई आधुनिकीकरण गर्न भूमिका निर्वाह गरेका थिए ।

पूर्वीय साहित्यलाई अंग्रेजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए । महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन् ।

आफ्ना काममार्फत रेवरोयले भारतको प्राज्ञिक क्षेत्रमा अमिट छाप छोडेको पनि उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । राजनिक नीतिमा योगदान गर्नुका अलावा उनले प्राचीन ग्रन्थहरूलाई युवाहरूको पहुँचमा पुर्‍याएको पनि मोदीले उल्लेख गरेका छन् ।

सुशासन र नीति निर्माणमा देवरोयको योगदान विशाल रहेको भारतीय विदेश मन्त्री एस जयशंकरले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस