१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालको सफलता’ : वन मन्त्री ठकुरी

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-१६) मा समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गरेका छन् ।

कोलम्बियाको काली सहरमा जारी उक्त सम्मेलनमा बुधबार ‘प्रकृति र शान्ति’ सेसनलाई सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले उक्त भनाई राखेका हुन् ।

सो अवसरमा मन्त्री ठकुरीले नेपालको सफलता साझा गर्ने पाएकोमा खुसी समेत व्यक्त गरे । मन्त्री ठकुरीले मानिसको गलत अभ्यासले प्रकृतिलाई हानी पुर्‍याई द्वन्द्वसमेत निम्त्याउने भएकाले त्यसलाई रोक्नुपर्ने समेत धारणा राखेका छन् ।

‘द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ । हामीले हाम्रा अभ्यासबाट उत्पन्न हुने द्वन्द्वलाई रोक्नुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायमा आधारित संरक्षणमा नेपालको सफलता र सामाजिक–राजनीतिक शान्ति निर्माणमा यसको योगदान साझा गर्न पाउँदा म खुसी छु ।’

साथै प्रकृति र शान्ति सेसनलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल गौतम बुद्धको जन्मभूमि रहेकाले उनको सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए ।

‘बुद्धले भनेजस्तै प्रकृतिको सदुपयोग गर, जसरी मौरीले फूलबाट पराकण संकलन गर्छ, न त यसको सौन्दर्य प्रदूषित गर्छ, न सुगन्धमा कमी आउँछ । प्रकृति र शान्तिको यो सन्देश आज पनि सान्दर्भिक छ,’ मन्तव्यलाई जोड्ने क्रममा उनले भने, ‘यसले द्वन्द्वका आधारभूत कारण स् स्रोतको अभाव र बहिष्कारलाई सम्बोधन गरेको छ । त्यसैले स्रोतको संरक्षण, उपयोग र व्यवस्थापनमा सामाजिक न्याय र समानताको प्रवर्द्धन गरेर नेपालमा शान्ति सम्भव भएको थियो ।’

यसैगरी उनले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा रहेकाले शान्ति र शान्तिपूर्ण वातावरण आवश्यक रहेको औँल्याए । साथै नेपालको जैविक विविधताको संरक्षण गर्न, प्रकृति र शान्तिसँग मेलमिलाप गरी बाँच्नमा सरकारको सम्पूर्ण योगदान अपनाउनेमा समेत उनले जोड दिए ।

कात्तिक १० देखि १५ गतेसम्म हुने कोप-१६ सम्मेलनमा सहभागी हुन मन्त्री ठकुरी ११ गते कोलम्बिया गएका थिए । उनी १७ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्री सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस