काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९२६ शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू (कन्सल्टेन्सी)को नवीकरण गरेको छ ।
मन्त्रालयले लामो समयदेखि नवीकरण नभई अवैधानिक रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूको नवीकरण गरिएको हो ।२०८१ असार १६ गते र साउन २४ गते गरी दुई पटक सार्वजनिक सूचना जारी गरेको थियो । दुई पटकको सूचनापछि ती कन्सल्टेन्सीहरूले नवीकरणका लागि आवेदन दिएका हुन् ।