२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराईमा तिहार : बढ्दो केराका थामको बजार

अ+ अ-

महोत्तरी । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।

लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ,नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभई हुँदैन । त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्त्व छ । 

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वाराबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्त्व बढेको मिथिला संस्कृतिका जानकार जलेश्वर–४ सुगाका कृष्णचन्द्र झा बताउछन् ।

प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताउछन् ।  

खासगरी व्यापारिक प्रतिष्ठानहरूले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् । यो परम्पराले आज महोत्तरीका जलेश्वर, बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा  र लोहारपट्टीसहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पुर्‍याएका छन् । खर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको गौशाला-११ का धनेश्वर महतोले बताए ।  

दिवाली पर्वमा एकजोडा केराका थाम रु चार सयसम्म बिक्री हुने गरेका किसानको भनाइ छ । दिवाली र यसलगत्तैको छठ पर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरूको आयआर्जन र गुजाराको राम्रो साधन बनेको केराखेतीका किसान बताउँछन् ।

केरा बर्सेनि गोडमेल गर्नपर्ने र झ्याङमा बढेका कोथा छ्याँस्नु पर्ने हुँदा किसान यो कामका लागि दिवाली पर्व पर्खन्छन् । अरु बेला कोथा छ्याँसिदा त्यो भकारामा फाल्नुपर्ने हुँदा आफूहरूले यो कामका लागि दिवाली पर्खेने गरेको केराखेतीका अर्का किसान भङ्गाहा–४ रामनगरका हरिदेव साह बताउछन् । दिवालीमा सप्रेका कोथा नै बेचेर अतिरिक्त आम्दानी हुने भएको हुँदा यो बेला कुर्ने गरिएको उनको कथन छ । 

दिवाली र छठ पर्वसमेतमा जिल्लाभरि केराका घरी र थामसमेत लाखौँको कारोबार हुने गरेको छ । धेरैजसो चाडपर्वमा केरा फल चाहिने र अन्य बेला पनि राम्रो बिक्री हुन थालेपछि बर्सेनि केराखेतीको क्षेत्रफल बढ्दै गएको छ । हाल जिल्लामा तीन हजार हेक्टरमा केराखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस