काठमाडौँ । साफ महिला च्याम्पियनसिपको नेपाल र बांङ्लादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ।

साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले अहिले बांङ्लादेशसँग खेलिरहेको छ ।

अखिल नेपाल फुटबल संघले ११ हजार साधारण र १ हजार भीआईपी टिकट बेचेको थियो । बुधबार बिहान बेचिएको टिकट किनेका दर्शकहरूले रंगशाला भरिएको हो । धेरै दर्शक नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय झन्डासहित पुगेका छन् ।

नेपाल र बांङ्लादेशको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थिति भएपछि सुरक्षा पनि बढाइएको छ ।
