१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाइनलको टिकट तीन घण्टामै सोल्डआउट

अ+ अ-

काठमाडौँ। दशरथ रंगशालामा बुधवार साँझ हुने साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको विक्री तीन घण्टामै सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

भिआइपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट विक्री गरिएको छ ।

त्यसमध्ये खल्तीबाट खरिद भएका ४१ सय टिकटलाई एन्फाले मान्यता दिँदै ४९ सय टिकट मात्र बुधवार विक्री गरेको छ । भिआइपीतर्फ खल्तीबाट विक्री गरिएका टिकट भने रद्द गरेर एन्फाले आफैले विक्री गरेको छ ।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको भन्दै एन्फाले ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर आफै विक्री गर्ने निर्णय गरेको थियो।

त्यसका लागि बुधवार बिहान ८ बजे काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानबाट भौतिकरुपमा उपस्थित भएर टिकट खरिद गर्ने व्यवस्था मिलाइएको थियो।

ठेकेदार कम्पनीले भने खल्तीसँग सम्झौता गरेर अनलाइनबाट टिकट विक्रीको व्यवस्था गरेको थियो। फाइनलका लागि खल्तीबाट साधारणतर्फ ४१ सय र भिआइपीतर्फ १५ सयभन्दा बढी टिकट विक्री भएको एन्फाले जनाएको छ ।

भीआईपीका लागि ३ सय र खेलाडीका लागि तीन सय वटा पास व्यवस्था गरिएको पनि बताइएको छ।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा १९ हजारभन्दा बढी दर्शक रंगशाला छिरेका थिए। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस