Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कप्तान एन्जिलाले भनिन्-यसपटक उपाधि जितेनौँ भने अर्को ५-१० वर्ष लाग्न सक्छ 


१३ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बांङ्लादेश विरुद्धको साफ वुमन् च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन् ।

अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । ‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौँ भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौँ हामी जित्छौँ भन्ने हाम्रो नारा छ ।’

कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि यो नेपालका लागि अवसर भएको बताइन् । ‘यसलाई रिभेन्जको रूपमा लिँदैनौँ । हाम्रो लागि अवसर हो’, एन्जिलाले भनिन् ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बुधबार घरेलु टोली नेपाल र साविक विजेता बांङ्लादेशबीच खेल हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

नेपालले अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिपको ६ मध्ये ५ संस्करणको फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०२२ को फाइनलमा नेपाल बांङ्लादेशसँग ३-१ ले पराजित भएको थियो ।

त्यसअघि नेपाल चार पटक फाइनलमा भारतसँग पराजित भएको थियो । कप्तान एन्जिलाले त्यो विगत भएको र अब वर्तमान टिम एकजुट रहेकोले राम्रो खेल्ने बताइन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने बताए । ‘हामी फाइनल जित्छौँ भन्ने सोचका साथ खेल्छौँ’,  तामाङले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस