२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बांङ्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने 

अ+ अ-

काठमाडौँ । बांङ्लादेश की पूर्व प्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बांङ्लादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्व प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन् ।

पूर्व प्रधानमन्त्री हसिना ‘एन्टी-डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए ।

हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप छ । बांङ्लादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो । अगष्ट ५ मा हसिना भागेसँगै सयौँ आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए । त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बांङ्लादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयमा पनि तोडफोड गरेका थिए ।

बांङ्लादेशबाट भागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन् । ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस