२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अभावमा योजना अलपत्र

अ+ अ-

बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीय स्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुन नसकेको हो ।

जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने  पर्यटन मार्गको योजनाले गति नलिएको धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

प्रस्तावित पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका-१ स्थित शिवमन्दिर, वडा नम्बर ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नम्बर ४ स्थित वर्फानी बाबा, वडा नम्बर ७ फत्तेपुरस्थित पोखरा माता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागीश्वरी मन्दिरलाई समेटिएको छ । 

त्यसैगरी कोहलपुरको कालिका मन्दिर,रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीक स्थलमा पुर्‍याउने र अन्तिममा गाभ क्षेत्रमा रहेको पारिजात बगानमा पुर्‍याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए ।  

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण छन भने आफ्नै गाउँठाउँका धार्मिक पर्यटकीय स्थलको बारेमा जिल्लावासीलाई जानकारी छैन”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार एवं संरक्षण गर्न समिति प्रयासरत छ ।”

पर्यटनमार्ग बनाएर प्रचार प्रसार गर्दा एकै पटक धेरै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकोले यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । 

प्रस्तावित पर्यटन मार्गले सहरका आन्तरिक पर्यटकलाई गाउँ-गाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकोले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बाँकेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन भने वागीश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा धार्मिक स्थलको प्रवर्द्धन र संरक्षणका लागि चालु उनले पर्यटनमार्ग निर्माणमा बजेट उपयोग गरिने जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस