२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन प्रिमियर लिग: सुपर सिक्समा आयोजकको शानदार सुरुआत

अ+ अ-

बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।

आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो । कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे ।

कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए । यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११ दशमलव १ ओभरमा ५५ रनमा अलआउट भयो । पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएको पञ्कज पन्तले ३, सुभाष विष्ट र सुशील भाटले २/२ विकेट हात पारेको स्कोरर तिलक बोहराले बताए ।

यो जितले पाटनको सेमिफाइनल पुग्ने सम्भावना निकै रहेको छ । यसअघि आजै सम्पन्न अर्को सुपर सिक्सको खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् । पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङलाशैनी क्रिकेट क्लबबीच भिडन्त हुनेछ ।  

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार रु. एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले बताए ।