काठमाडौँ । दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरूलाई धमाधम पक्राउ गरेको छ । दसैँ तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट घोराही १७ मा वडा अध्यक्षको उम्मेदवार बनेका वर्ष ५० का पदम केसीसहित १० जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
७२ जना जुवाडेको साथबाट हालसम्म ७ लाखभन्दा बढी रकम बरामद भएको छ ।