२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद नाघेको मदिरा विक्री गर्ने पसललाई २ लाख जरिवाना

अ+ अ-

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सुन्दर बजार नगरपालिका वडा नं. ३ निवासी शान्ता न्यौपानेको नाममा रहेको न्यू शान्ता मदिरा पसललाई म्याद नाघेको खाद्यान्न र अवैध बिक्रीका लागि तयारी अवस्थामा पेय पदार्थ राखिएको भेटिएसँगै दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा असोज १८ गते सुन्दर बजार नगरपालिका वडा नं. ९ स्थित उक्त पसलमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका सिजी क्यान बियर ५०० मिलिलिटरका ९७ कार्टुन, एप्पल साइडर २५० मिलिलिटरका ४ कार्टुन, र अगम जिरा मसिनो २५ केजीको ६ बोरा चामल फेला परेका थिए।

अनुगमनपछि म्याद नाघेका ती वस्तुहरूलाई सोही दिन कानुनी प्रक्रिया पुर्‍याई सिलबन्दी गरिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को खण्ड (ख) बमोजिम मिति २०८१ कात्तिक ५ गते निर्णय पर्चा खडा गरी उक्त पसललाई रु. २ लाख जरिवाना गरिएको हो।

यससँगै, म्याद नाघेका खाद्यान्न तथा पेयपदार्थहरुलाई रितपूर्वक नष्ट गरिने जनाइएको छ। लमजुङ जिल्लामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई थप तीव्रता दिइएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस