२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागार्जुनमा पासो थापेर वन कार्यालयले लियो चितुवा नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । डिभिजन वन कार्यालय काठमाडौँले नागार्जुन नगरपालिकाको एलो गुम्बा नजिक थापेको पासोमा चितुवा परेको छ ।

पाँच नम्बर वडा कार्यालयले चितुवा बस्तीमा पसेर दुःख दिएकाले पक्रिन भनेपछि वन कार्यालयको टोलीले पासो थापेर चितुवा नियन्त्रणमा लिएको हो ।

सो चितुवालाई पासोमा पार्न वन कार्यालयको टोलीले तीन वटा लोकल कुखुरा समेत प्रयोग गरेको थियो ।

आज बिहान करिब ६ बजे चितुवा पासोमा परेको जानकारी पाएपछि वन कार्यालयबाट वन अधिकृत शंकर थापा, पशु चिकित्सक डा. आशुतोष भट्ट, सशस्त्र वन रक्षक रामचन्द्र सापकोटा र कार्यालय सहयोगी भैरव भट्टसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले चितुवालाई पासोबाट खोरमा सारेर हात्तीसारस्थित वन कार्यालयमा ल्याएको छ ।

अब त्यसलाई छिट्टै घना जंगल भएको उपयुक्त वासस्थानमा लगेर छाड्ने बताइएको छ ।

काठमाडौँमा केही वर्षयता चितुवा बस्तीमा पसेर मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । चितुवा आतंक बढेपछि स्थानीयले पक्रन वन कार्यालयलाई गुहार्ने गरेका छन् ।

तर आफूहरूसँग चितुवा पक्रने पासो सीमित संख्यामा भएकाले सबैतिर पुग्न नसकेको बताइएको छ ।

गतवर्ष कात्तिक महिनामै भक्तपुरमा कौशलटारमा फेला परेको चितुवा पनि डिभिजन वन कार्यालय, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको थियो । सोही वर्ष भदौमा कीर्तिपुरमा फेला परेको चितुवा भने नियन्त्रणको प्रयास सफल भएको थिएन ।

प्रतिक्रिया दिनुहोस