काठमाडौँ । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत लगायतका नेताहरू सहभागी छन्।