काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर १६९८.७० मा अडिएको छ। आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा झरेको थियो।
आज यो समयमा ३६ स्क्रिप्सको ४ हजार ८७७ कित्ता सेयर २२ लाख २५० हजार ४४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका १६ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।