१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीन नजिकका मित्र मात्र नभई भरपर्दा साझेदार हुन् : विमला घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभई भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताइन् ।

‘नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ, यसमा सधैँ स्पष्ट र अटल पनि छ’, उपाध्यक्ष घिमिरे भनिन्, ‘हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो । यो प्रतिबद्धतामा हामी अडिग छौँ ।’

व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हासिल गरेका उपलब्धिबाट नेपाल पनि प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुँदै आएको चर्चा गर्नुहुँदै उपाध्यक्ष घिमिरेले नेपालका लागि चीनका बन्दरगाहसम्म पुग्ने वातावरण बनेको र कोभिडका समयमा बन्द भएका सबै नाका सञ्चालन भएकाले दुई देशबीचको व्यापार तथा सीमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको उल्लेख गरिन् ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गांगले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले दुई देशबीच विस्तार हुँदै गएको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउँदै अगाडि जानुपर्नेमा जोड दिए ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्रीसम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताए । कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्बिर तथा श्रव्य दृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस