२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

अ+ अ-

काठमाडौँ । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लगाएपछि यी आक्रमण भएका हुन् ।

राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, “शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे ।”

इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो ।

सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भनेका थिए, “तपाईँ हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ ।”

केन्द्रीय सहर कैसरियामा प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उहाँकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिवार बताएको थियो ।

“आज मेरो र मेरी पत्नीको हत्या गर्ने इरानको प्रतिनिधि हिजबुल्लाहको प्रयास एक गम्भीर गल्ती थियो”, तेहरान र ‘यसका प्रतिनिधिहरू’ लाई लक्षित गर्दै नेतान्याहूले वक्तव्यमा भने, “जसले इजरायलका नागरिकहरूलाई हानि पुर्याउने प्रयास गर्छ, उसले भारी मूल्य चुकाउनु पर्नेछ, यसमा इजरायलसँग गत सेप्टेम्बरदेखि युद्धमा रहेको लेबनानको हिजबुल्लाह पनि समावेश छ ।”

इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ । इरानको आधिकारिक आई आरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिसनले भन्यो, “यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।” हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन ।

इरानको आधिकारिक आई आरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिसनले भन्यो, “यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।” हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन ।

इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ । इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस