२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोप हुँदै मखानखेती

अ+ अ-

जलेश्वर (महोत्तरी) । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ ।

कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरूले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ ।  

जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव राय बताउछन् ।

मीठो खाद्य पदार्थका रूपमा रहेको मखान भारतबाट समेत आयात हुने गर्छ । मखानखेती घटेसँगै खासगरी मलाह जातिको रोजगारी घट्दै गएको मलाह जातिका अगुवा राम विशेष मुखिया बताउछन्  ।  

केही वर्ष अघिसम्म मखानको बजार राम्रो भएपछि उनीहरूले मखानखेती गरी आम्दानी लिन थालेका थिए । तर किसानहरूले पोखरीमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेको स्थानीय जोगी मुखियाले बताए।  विशेषगरी पोखरी र तलाउमा गरिने मखानखेती सुरुमा मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा आय आर्जन गर्न सकिने खेती हो । मलाह जातिहरू मखानखेतीतर्फ बढी आकर्षित थिए । पोखरीभित्र मखान तयार भएपछि उनीहरू बाहिर निकाली घाममा सुकाई आगोमा भँटेर लावा तयार गरी बेच्ने चलन थियो । 

जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकाका दर्जनौँ गाउँमा दुई सय ५० बढी पोखरीमा मखानखेती गरिन्थ्यो । हाल आएर थोरै सङ्ख्यामा मात्रै हुने गरेको स्थानीयवासी बताउँछन् । मिथिलामा कोजाग्रत पूर्णिमाका दिन ठूलो परिमाणमा मखान बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत मखानको विशेष महत्त्व हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस