काठमाडौँ। दक्षिण अफ्रिका आईसीसी टी-२० महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा एनेक बोश ४८ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा नट आउट रहिन् । लौरा वोल्भार्ड ३७ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नट आउट रहिन् । अस्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिएकी थिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेथ मुनीले सर्वाधिक ४४ रन बनाएकी थिइन् । न्युजिल्यान्ड र वेष्टइण्डिजबीचको दोस्रो सेमिफाइनल आज हुनेछ ।