काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।
यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
यसअनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
