२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यले भने-प्रहरी संगठनलाई रूपान्तरण गर्न जरुरी छ

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेश अनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

६९औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रूपान्तरणको आवश्यकता रहेको औँल्याएका हुन् ।

‘अपराधहरू बढेर गएका छन्,सुरक्षा चुनौतीहरू थपिएका छन्’, ‘मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरी संगठन पनि बदलिँदो परिवेश अनुसार आफूलाई आधुनिकीकरण र रूपान्तरण गरेर अघि बढ्नुपर्ने छ ।’

अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरूको कार्यसम्पादन उत्कृष्ट रहेको समेत चर्चा गर्दै कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैँ निर्वाह गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाए ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न र विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको तर अपराधको प्रकृति फेरिदा र सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको औँल्याए ।

कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान र प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरूलाई पुरस्कृत गरिएको प्रहरी तालिम केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस