Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिनँ : उद्योग मन्त्री भण्डारी


२८ आश्विन २०८१, सोमबार


काठमाडौँ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताएका छन्। 

बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्ने गरी काम गर्ने बताएका हुन् ।

उनले वर्तमान सरकारलाई सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । जनताको आग्रहमा आएका  योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ ।

मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताएका थिए । ‘प्रचण्ड’ नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उनको जिकिर थियो ।

‘विगतको सरकारमा म पनि सहभागी थिए, तर म आबद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरू कटौती गरिए,’ उनले भने, ‘चालु आर्थिक वर्षका योजनाहरू पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।’

उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।  ‘अहिलेसम्म कति सडक पुगे रु सडकको कति उपयोग भयो ? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनै पनि योजनाले परिणाम दिनपर्ने हुन्छ’उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस