२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

अ+ अ-

काठमाडौँ । धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलो पटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलो पटक नेपालले गर्ने अवसर पाएको हो । ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । 

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रूपमा राखिएको थियो । तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ । मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थितसमेत नभएको नासोका अध्यक्ष भट्टराईले बताए ।

असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भयो । विद्यार्थी घर, घरमा दसैँको रमाइलोमा रमाउन थाले । तर केही विद्यार्थी भने ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे । असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भयो । 

ओलम्पियाडमा नेपाल, भारत, बांङ्लादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रीस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रील)का, स्विडेन, थाइल्याण्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो ।  

खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो । परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो । दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् । यसैगरी बुल्गेरिया र थाइल्याण्डले क्रमशः एक-एक स्वर्ण पदक प्राप्त गरे । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’ अन्तर्गत स्वर्ण प्राप्त गरे ।

प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गरे । चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गरे । ओलम्पियाडकै एक गतिविधिका रूपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदानमार्फत् चेक रिपब्लिकले जीत हासिल गरेको थियो । सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो । 

उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो । नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाइ जस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिए ।

.नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभई विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए । ‘आइओएए जुनियर-२०२४’ का सह-अध्यक्षसमेत रहेका भट्टराईले भने, “विद्यार्थीको सक्रिय सहभागिताले रोमानिया, ग्रीसहुँदै नेपालमा पनि ओलम्पियाड-जुनियर गर्न सफल भएका हौँ ।”  

आइओएए जुनियर २०२४ का सह अध्यक्ष मनीषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको बताइन् ।

ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो । नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ । ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन्छन् । 

राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आएको छ । यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थी सहभागी हुन पाउँछन् । नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा हालसम्म १८ वटा पदक प्राप्त गरेको सोसाइटीले जनाएको छ ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट १०० जना विद्यालय तहका विद्यार्थी र करिब ५० जना समूह नेताका रूपमा नेपाल आएको आयोजक समितिले जनाएको छ । प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रूप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताए । 

विज्ञानमा मुलुकको कम चासो भइरहेका बेला यस्ता प्रतियोगिताले थप काम गर्ने वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । लामो समयदेखि विज्ञान पत्रकारितामा कलम चलाएका पत्रकार लक्ष्मण डंगोल विज्ञानमा राज्यको लगानीका साथै चासो पनि कमै भइरहेका बेला युवा, विद्यार्थीमा यसप्रतिको चासो बढाउन अन्तर्राष्ट्रिय ओलम्पियाड सफल भएको बताउँछन् । करिब १५० भन्दा बढी विदेशी नेपालमा एक हप्तासम्म बसेर जाँदा नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा  पुग्ने छ । तर, सरोकार भएका नितछकायले भने यस्तो अवसरलाई सदुपयोग गर्न नसकेको आयोजक समितिको निष्कर्ष छ । 

आयोगकले मुलुकका सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलका बारेमा प्रचारप्रसार गरिएको जनाएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले मन्त्रालयले विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानका कामलाई अघि बढाउने प्रतिबद्धता जनाएकी थिइन् । यसका लागि मन्त्रालयको विज्ञान महाशाखाले काम गर्ने उनले बताइन् ।

बुढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफूले पनि प्रेरणा दिएको बताइन् । यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस