१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँमा मासु कति र कसरी खाने ? यस्ता छन् पोषणविद्का सुझाव 

अ+ अ-

दशैँमा धेरै मासु खाँदा स्वास्थ्यलाई के असर पर्छ ? सन्तुलित आहारका लागि मासु कति खाने ? स्वस्थ रहन पोषणविद्का सल्लाह के के हुन् ?

काठमाडौँ । दसैँ यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ । दसैँ खानासँग पनि जोडिन्छ । दसैँमा मिठो मसिनो खाने चलन नै छ । दसैँ मासुसँग धेरै गाँसिएको छ । पहिला पहिला मानिससँग धेरै पैसा थिएन, त्यसैले दसैँको बेलामा मासु खानुपर्छ भन्ने चलन थियो । तर हाल मानिस अरु बेलामा पनि खाइरहन्छन् ।

दशैँमा विशेष गरी मिठो परिकारहरू बनाएर धेरै खाने प्रचलन छ । दशैँमा अन्य परिकारहरूसँगै मासु पनि उत्तिकै खाने गरिन्छ । कतिपयले दसैँलाई मासु खाने पर्वका रूपमा पनि लिन्छन् । 

एकै पटक धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा कस्तो समस्या निम्त्याउन सक्दछ ? भन्ने कुरा थाहै नपाएर धेरै मासु सेवन गर्नाले कतिपय मानिस बिरामी समेत पर्ने गरेका छन् । यती मात्र होइन, दसैँको समयमा मासु धेरै खाएकै कारण कतिपयको त मृत्यु नै हुने गरेको खबर हामीले अघिल्ला दशैँको समयमा सुनेका नै छौँ । यस्तो अवस्था आउन नदिनको लागि हामीले हाम्रो स्वास्थ्य अवस्था हेरेर मासु खाने गर्नुपर्छ र यसका साथै पोषणविद्का कुरालाई ध्यान दिई आवश्यकता भन्दा धेरै मासु खान हुँदैन । 

दशैको समयमा ओल्लो घर पल्लो घर जता गए पनि खानेकुरा मासु नै हुन्छ । आफन्तहरूले छिमेकी घरमा जानेवित्तिकै मासु नै खान कर गरी हाल्छन् । दशैको समयमा मासु खाँदिन भन्न पनि सकिँदैन । आफन्तहरूले पनि थोरै भए पनि खानुस् भनेर कर गर्छन् । यसरी थोरै थोरै भन्दा भन्दै दसैँमा अन्य समयमा भन्दा धेरै मासु खाएको तपाई आफैले पत्तो पाउनुहुन्न । थोरै थोरै खादा चाडबाडको खानपान अलि बढी नै हुन्छ । दशैको समयमा रमाइलो र भेटघाटमै व्यस्त हुँदा तपाईँले शारीरिक व्यायाम पनि नगर्नु भएको हुनसक्छ ।

जसले गर्दा तपाईँले खाएका खाना राम्रोसँग पच्दैन । दसैँमा खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर पर्ने पोषणविदहरु बताउँछन् । तर काम नगरीकन चाडबाड त हो भनेर खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर गर्ने चिकित्सकहरू बताउँछन् ।

मासु कति खाने ?
हाम्रो शरीरलाई प्रोटिन आवश्यक पर्दछ । मासुमा प्रोटिन हुन्छ । हामीले खाने मासुमा १४ देखि २० प्रतिशत प्रोटिनको मात्रा हुन्छ । 

उदाहरणको लागि एक किलोको मानिसको शरीरलाई एक ग्रामको हिसाबले प्रोटिन चाहिन्छ । ५० किलोको मान्छे छ भने उसलाई एक दिनमा २५० ग्राम भन्दा बढी मासु चाहिँदैन । 

दशैँको समयमा हामीले यो भन्दा बढी मासु खाएका हुन्छौँ । बढी खाएको मासु हाम्रो शरीरलाई काम लाग्दैन । किन कि शरीरमा प्रोटिन स्टोर हुँदैन । त्यसैले हामीले हाम्रो स्वास्थ्यलाई स्वथ्य राख्नको लागि आफ्नो शरीरलाई मापन गरेर खानेकुरा खान पर्छ ।

मासुको प्रयोग गर्दा के के कुरामा ध्यान दिने ?
मासुमा धेरै बोसो हुने गर्दछ । बोसोले स्वास्थ्यलाई फाइँदा गर्दैन । उमेर ढल्किँदै गएपछि खानेकुरा पचाउन समस्या हुने गर्दछ । उमेर ढल्केपछि मासु खाँदा ध्यान दिनु पर्दछ । मासुका कारण कसैलाई कब्जियत हुन्छ । 

कसैलाई पखाला लाग्छ । मुटुका रोगी, उच्च रक्तचाप भएका बिरामी, कोलेस्ट्रोल भएका बिरामीलाई पनि मासुले असर गर्ने गर्दछ । उनीहरूले रातो मासु खानु हुँदैन । मधुमेहका बिरामीले रातो मासु खानु हुँदैन ।

हामीले कस्तो मासु खान्छौ भन्ने कुराले पनि हाम्रो स्वास्थ्यमा असर गर्दछ । पसलबाट किनेर ल्याएको मासु स्वस्थ छ–छैन भन्ने बारेमा पनि हामीले ख्याल गर्नु पर्दछ । खसी÷बोकालाई खाद्य प्रयोगशालाले जाँचेर स्वस्थ भनेको छ÷छैन भनेर भनेको छ÷छैन । अर्कोतर्फ वधशालाको सरसफाइ पनि महत्त्वपूर्ण हुन्छ । मासु खाने व्यक्तिले यी विषयमा ध्यान दिनु पर्दछ ।

मासुको स्टोर कसरी भएको छ । स्टोर राम्रोसँग भएन भने पनि स्वास्थ्यमा समस्या आउन सक्छ । मासुको रङ्ग पनि ख्याल गर्नु पर्छ । मासु रातो खालको हुनुपर्छ  निलो भएको, गन्ध आएको छ भने यो खानका लागि स्वास्थ्यकर मानिँदैन । मासु राम्रोसँग पकाएर खानु पर्दछ । यदि मासु काँचै भयो भने अपच हुने गर्दछ । पाकेको मासु पनि धेरै समयसम्म स्टोर गर्नु हुँदैन ।

मासु किन्दादेखि स्टोर गरेर खाँदासम्म ध्यान पुर्‍याउनु पर्दछ । ब्याक्टेरिया भएको मासुले फुड प्वाइजनिङ गराउँदा छ । जसले ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने, वान्ता हुने, ग्यास्टीक गराउने हुन्छ । आन्द्रा सुन्निने समस्या पनि हुन सक्छ ।

मासुसँग के खाने ?
मासु खाँदा सागसब्जी र फलफूल बढी खानु पर्दछ । मासुसँग पालुङो र रायोको साग राम्रो मानिन्छ । घिरौँला, काक्रो, सिमी, बोडी, बन्दा, ब्रोकाउली मासुसँग खानु पनि राम्रो मानिन्छ ।  

एन्टिअक्सिडेन्ट भएका खानेकुराले मासुमा हुने विषाक्त पर्दाथ काट्नका लागि मद्दत गर्दछ । मासुमा भन्दा पनि मासुसँगै एन्टिअक्सिडेन्ट भएका खानेकुरामा जोड दिनु पर्दछ । 

स्वास्थ्यको पनि ख्याल गर्नु जरुरी 
दसैँमा हामी अझै बढी मासु खान्छौँ । खान हुँदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन । हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ । मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटापना भएकाहरूले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ ।

दसैँको बेलामा मासुको धेरै कुरा आउँछ । मानिसको आयु पहिलाभन्दा बढेको छ भने स्वास्थ्य समस्या पनि छ । यसको मुख्य कारण जीवनशैली र खानपान हो । पहिला–पहिला मानिस साइकल चढ्थे, आधा–एक घण्टा हिँडेरै जान्थे । तर अहिले मानिसको हिँडाइमा कमी आएको छ । आर्थिक प्रगति भएको छ, जुन राम्रो हो तर यसले स्वास्थ्यमा असर पारेको छ । हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ ।

अन्त्यमा,
चाडपर्वमा रमाइलो गर्ने खानपिन गर्ने स्वभाविक हो । तर, खानपिनका क्रममा ध्यान पुर्‍याउनु आवश्यक छ । मासुसँगै सागसब्जी र फलफूल पनि प्रशस्त खाने गर्नु पर्दछ । 

स्वस्थ मासु खाने । मासु किन्दादेखि खाँदासम्म ध्यान पु¥याउने । शरीरलाई आवश्यक मासु खाने, अनावश्यक रूपमा धेरै नखाने ।

मेरो शरीरको बनावट कस्तो छ ? मलाई कति क्यालोरी चाहिन्छ र मैले कति मासु खानु हुन्छ भन्ने कुरामा विशेष ध्यान पुर्‍याउनु पर्दछ । रोगी र धेरै तौल भएका व्यक्तिले मासु खाँदा मात्रा अड्कलेर खानु पर्दछ । यसरी मासुसँगै अन्य सन्तुलित आहार खायौँ भने हामी पक्कै पनि निरोगी हुन्छौँ ।

(स्टार हस्पिटल सानेपा, ललितपुरमा कार्यरत पोषणविद्, कला नेपालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस