२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली टिम अमेरिका लाग्दा नेपाल फर्किए सन्दीप

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिम लिग-२ को अर्को शृङ्खलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टिम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन् ।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ । टिमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो । उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए ।

सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको पक्रिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेकाले दूतावासले अब तत्काल भिसा दिन सक्ने स्रोतको दाबी छ ।

नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ । यसअघि क्यानडामा तीन खेल हारेको नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ । अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन् । दूतावासले भिसा दिएमा सन्दीप दशैँ मनाइसकेर अमेरिका उड्नेछन् ।

प्रतिक्रिया दिनुहोस