२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

अ+ अ-

जलेश्वर (महोत्तरी) । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैंको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।

बडादशैंको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका-२ का दुर्गा मूर्ति पुजारी ललित झाले बताउनुभयो ।  

यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँ गाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना  सुरु गरिएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा दशैंलाई मध्यनजर गर्दै शंकर चोक, दुर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ । 

जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाई गरिएको बताए । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पुरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ । 

भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (बडा दशैंको दिन) ५० फिट भन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमा क्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् ।