२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद 

अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतंकवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुई सय जनाले इजरायलमा ज्यान गुमाएका थिए । आतंकवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मृतिमा यहाँस्थित इजरायली राजदूतावासले आज यहाँ आयोजना गरेको स्मृतिसभामा उनले आतंकवादका जुनसुकै रूप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्छ भने । उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरूको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमसको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैँ सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने “तपाईका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरू इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईँहरुलाई निरन्तर सहयोग गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस