ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।
पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।